विश्व

शेख हसिनाका बुवाको शालिक तोडफोड

इकागज |
साउन २१, २०८१ सोमबार १७:९ बजे

काठमाडौं - बंगलादेशका प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाका बुवाको शालिक तोडफोड गरेका छन् । एक प्रदर्शनकारीले बीबीसीलाई प्रधानमन्त्रीको सरकारी निवास गणभवनमा रहेको शेख मुजिबुर रहमानको मूर्तिलाई भत्काइरहेको बताए।

उनी शेख हसिनाका पिता र स्वतन्त्रता आन्दोलनका नेता थिए ।  'यी दृश्यहरूले सद्दाम हुसैनको मूर्तिलाई २००३ मा इराकमा हटाएको सम्झना दिलाउँछ', फारुकले बीबीसीलाई भने, 'मानिसहरूले मूर्तिमाथि आक्रमण गरिरहेका छन्' । 


उक्त क्षेत्रमा छाडिएका केही मन्त्रीहरूको व्यक्तिगत गाडीलाई भीडले क्षति पुर्याएको छ भने अन्य व्यक्तिहरू बख्तरबन्द सवारीसाधनमाथि चढिरहेका छन्। हसिनाको बिदाइले सडकमा रहेका सेनालाई राहत मिलेको उनको भनाइ छ ।


Author

थप समाचार
x