विश्व

कमला ह्यारिसले चयन गरिन् उपराष्ट्रपतिको उम्मेदवार

इकागज |
साउन २२, २०८१ मंगलबार १९:४० बजे

काठमाडौँ - अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी छन् ।

ह्यारिसले मिन्नेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् ।


पूर्व स्कुल शिक्षक रहेका वाल्ज अहिले मिन्नेसोटाको गभर्नरको रुपमा दोस्रो कार्यकालमा रहेका छन् । उनले त्यसअघि १२ बर्ष अमेरिकी काँग्रेसमा प्रतिनिधित्व गरेका थिए ।

पछिल्ला दिनहरूमा रिपब्लिकनलाई कडा चुनौती दिइरहेका वाल्जलाई ह्यारिसले उपराष्ट्रपतिका लागि चयन गरेकी छन् ।

सिएनएनले ह्यारिसले केही घण्टामा नै वाल्ज आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गर्ने उल्लेख गरेको छ र वाल्ज आजै कमला ह्यारिससँग सार्वजनिक रुपमा देखापर्ने तयारी गरिरहेको बताएको छ ।
    


Author

थप समाचार
x