विश्व

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

इकागज |
साउन २३, २०८१ बुधबार ७:४० बजे

काठमाडौँ- बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा.मोहम्मद युनुस नियुक्त भएका छन्

नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।


यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद्‌ भंग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए ।

८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्‍चालन गरेका कारण सन्‌ २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।


Author

थप समाचार
x