विश्व

बंगलादेशमा रहेका सयौँ हिन्दु सुरक्षाको कारण देखाउँदै भारतीय सीमामा

इकागज |
साउन २४, २०८१ बिहीबार १५:३ बजे

फाइल फोटो

ढाका - विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बंगलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बंगलादेश सीमामा भेला भएका बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हसिनाको निष्कासनपछि मुस्लिम बहुल बंगलादेशका केहीले उनीसँगको निकट सम्बन्धको आशंकामा हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए । 


“सयौँ बंगलादेशी नागरिक प्रायः हिन्दूहर,बंगलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,” भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमित कुमार त्यागीले बताए । ​

पश्चिमबङ्गाल राज्यको भारतीय सीमाक्षेत्रको अन्तिम विन्दुमा २०० जना र पश्चिमबङ्गाल राज्यको जलपाईगुडी जिल्लामा ६०० भन्दा बढी भेला भएका त्यागीले बताए ।  

“दुई देशबीचको सीमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सीमा क्षेत्रबाट भीड पन्छाउन हवाई फाएर गरेका थिए,” उनले भने । 

सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएकी हुन् । त्यसपछि बंगलादेशको सुरक्षास्थितमा सुधार भएको छ तर उनका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ । 

बंगलादेश हिन्दु, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तीमा १० वटा हिन्दु मन्दिरहरूमा आक्रमण गरिएको बताएको थियो । 
 


Author

थप समाचार
x