विश्व

'पाकिस्तानमा बाल दुर्व्यवहारको अवस्था गम्भीर'

इकागज |
साउन २५, २०८१ शुक्रबार १५:५९ बजे

काठमाडौं - सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुर्व्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

सन् २०२४ को जनवरीदेखि जुनसम्म ८१ वटा राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकामा प्रकाशित तथ्यांक अनुसार ८६२ बाल यौन दुर्व्यवहार, ६६८ अपहरण, ८२ बेपत्ता बालबालिका र १८ वटा बालविवाहका घटना दर्ता भएका छन् ।


यस वर्षमा यौन दुर्व्यवहारपछि पोर्नोग्राफीका ४८ वटा घटना रेकर्ड गरिएको  प्रतिवेदनमा उल्लेख छ । छ महिनाको तथ्यांकमा  रिपोर्ट गरिएका मुद्दामध्ये ५९  प्रतिशत पीडित केटीहरू र बाँकी ४१ प्रतिशत केटाहरू पीडित रहेका छन् ।

तथ्यांक अनुसार ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका अधिक दुरुपयोगको जोखिममा छन् । 
 


Author

थप समाचार
x