विश्व

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

इकागज |
साउन २६, २०८१ शनिबार ६:४९ बजे

काठमाडौँ- ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ । पाराना राज्यको कासकाभेलबाट साओ पाओलोको गुआरुलहोस विमान स्थलका लागि उडेको विमान भिन्हेडोमा दुर्घटनाग्रस्त भएको हो ।

एटीआर ७२-५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिएको छ ।


साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेको बीबीसीले जनाएको छ ।


Author

थप समाचार
x