विश्व

जम्मू कश्मीरमा सेना र चरमपन्थीबीच भिडन्त, दुई सैनिकको मृत्यु

इकागज |
साउन २७, २०८१ आइतबार ६:३६ बजे

काठमाडौँ -जम्मु कश्मीरको अनन्तनागमा शनिबार भारतीय सेना र चरमपन्थीबीच भिडन्तको अर्को घटना भएको छ । समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार, 'अनन्तनागमा भएको यस भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ। तीन सैनिक घाइते भएका छन्।' 

कश्मीर जोन पुलिसले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट पोस्ट गर्दै लेख्यो, 'अनन्तनाग जिल्लाको अहलान गगरमान्डु क्षेत्रमा मुठभेड सुरु भएको छ। प्रहरी र सुरक्षाकर्मी काममा छन् ।' 


यद्यपि भारतीय सेनाले कुनै पनि सैनिकको मृत्यु भएको जानकारी दिएको छैन ।

पछिल्लो समय भारतीय सेना र चरमपन्थीबीच धेरै भिडन्त भएका छन् जसमा धेरै सैनिकले ज्यान गुमाएका छन् ।


Author

थप समाचार
x