विश्व

बंगलादेशको एटीएम सबै रित्ता, लुटिने डरले राखिएन पैसा

इकागज |
साउन २७, २०८१ आइतबार ८:३४ बजे

ढाका - बंगलादेशमा अस्थिरताको बीचमा एटीएम हरूमा नगदको अभाव भएको छ। प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । 

वास्तवमा गत ५ अगस्तमा  प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरू अझै काममा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ । धेरैजसो प्रहरी चौकीहरू रित्तो भएका छन्, त्यहाँ प्रहरीहरू छैनन् । न त सडकमा ट्राफिक नै रहेका छन । 


एटीएम बुथसम्म नगद पुर्याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटीएम मा नगद नभएको बैंकरहरूले बताएका छन् । यसअघि गत अगस्त ७ मा  केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो ।​

हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन् । नयाँ सरकारले पनि अझै सुरक्षा व्यवस्थालाई  नियन्त्रणमा लिइसकेको अवस्था छैन । 


Author

थप समाचार
x