विश्व

इजरायली हमलामा विद्यालयमा आश्रय लिइरहेका एक सय बढी प्यालेस्टाइनीहरूको मृत्यु

इकागज |
साउन २७, २०८१ आइतबार ११:३१ बजे

गाजा - शनिवार बिहान गाजा शहरको एउटा विद्यालयमा शरण लिइरहेका सयौं निर्दोष प्यालेस्टाइनीहरू आफ्नो जीवनको लागि प्रार्थना गर्दै थिए । त्यति नै बेला इजरायली लडाकु विमानहरूले बमबारी सुरु गरे। यस क्रूर आक्रमणमा एक सय बढी मानिसले ज्यान गुमाए । दर्जनौं घाइते भए।

अल–ताबाइन स्कूलले बिहानको प्रार्थनाका लागि एकत्रित भएका विस्थापित मानिसहरूलाई सुरक्षित स्थलको रूपमा आश्रय दिइरहेको थियो । अचानक मृत्युको मैदानमा परिणत भयो । प्यालेस्टाइनले सामाजिक संजाल एक्समार्फत विज्ञप्ति सार्वजनिक गर्दै  इजरायली विमानहरूले गाजा शहरको पूर्वमा रहेको यस विद्यालयमा तीन वटा रकेटले आक्रमण गरेको थियो । जसले त्यहाँ रहेका धेरैको ज्यान गएको जानकारी दिएको छ ।


घाइतेहरूलाई शहरको अहली अरब अस्पतालमा लगिएको छ। अधिकांशको अवस्था गम्भीर रहेको छ।

हमासले यो आक्रमणलाई 'नरसंहार' भन्दै यसको तीव्र निन्दा गरेको छ। हमासले इजरायल र अमेरिकी प्रशासनलाई यस निर्दोष मानिसहरूको मृत्युको लागि जिम्मेवार ठहर्‍याएको छ।

यो हमलाले गाजाका मानिसहरूको पीडा अझ गहिरो बनाएको छ । उनीहरू लामो समयदेखि शान्ति र सुरक्षित आश्रयको खोजीमा संघर्ष गरिरहेका छन्।
 


Author

थप समाचार
x