बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
ढाका- बंगलादेशको २५ औं प्रधानन्यायाधीश सैयद रेफात अहमदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आइतबार बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गरेका थिए ।
यस सम्बन्धमा कानुन मन्त्रालयले एक सूचना जारी गरेको छ ।
राष्ट्रपतिले जनवादी गणतन्त्र बंगलादेशको संविधानको धारा ९५ (१ं) बमोजिम आफूलाई दिइएको शक्तिको प्रयोग गर्दै सर्वोच्च अदालतको उच्च अदालत डिभिजनका न्यायाधीश सैयद रेफात अहमदलाई बंगलादेशको प्रधानन्यायाधीशमा नियुक्त गरिएको जनाइएको छ ।
सैयद रेफात अहमदको जन्म २८ डिसेम्बर १९५८ मा भएको थियो । उनका बुबा ब्यारिस्टर सैयद इश्तियाक अहमदले बंगलादेशका पूर्व महान्यायाधिवक्ताको रूपमा काम गरेका थिए । उनकी आमा, डा. सुफिया अहमद, बंगलादेशकी राष्ट्रिय प्राध्यापक र ढाका विश्वविद्यालयमा इस्लामिक इतिहास र संस्कृतिका प्रमुख प्राध्यापक थिइन् ।
भेदभाव विरोधी विद्यार्थी आन्दोलनले यसअघि सैयद रेफात अहमदलाई प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको थियो ।
त्यस लगत्तै ओबैदुल हसनले बंगलादेशको न्यायिक निकायको प्रमुख पदबाट राजीनामा दिएका थिए । पछि पुनरावेदन महाशाखाका न्यायाधीश मोहम्मद अशफाकुल इस्लाम कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया