बंगलादेशको अन्तरिम सरकारका थप दुई सल्लाहकारद्वारा शपथ
ढाका- बंगलादेशको नयाँ अन्तरिम सरकारका थप दुई सल्लाहकारले आइतबार शपथ लिएका छन् ।
बिहीबारको शपथग्रहण समारोहमा उपस्थित हुन नसकेका सुप्रदीप चक्मा र विधान रञ्जन रोयलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनबाट शपथ ग्रहण गरेका हुन् ।
अर्का सल्लाहकार फारुक–ए–आजम अझै देश बाहिर रहेकाले शपथ लिन बाँकी छ ।
अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिनाको सरकारको अपदस्थ पछि मोहम्मद युनुस नेतृत्वको नयाँ अन्तरिम सरकारले अगस्ट ८ मा शपथ लिएको थियो । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया