हसिनाको पार्टीले प्रतिक्रान्ति गर्न खाेजे रक्तपात हुनेछ: गृह मामिला सल्लाहकार
फाइल फोटो
ढाका - अन्तरिम सरकारका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (अवकाश) एम सखावत हुसेनले हालै सत्ताच्युत अवामी लिगलाई प्रति क्रान्तिको प्रयास र अराजकता सिर्जना गर्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन्।
भर्खरै विद्यार्थी आन्दोलनका क्रममा घाइते भएका अन्सारका सदस्यहरूको ढाकास्थित संयुक्त सैनिक अस्पतालमा उपचार भैरहेका अवस्थामा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘अव्यवस्था सिर्जना गर्ने प्रयास नगर्नुहोस्, परिणाम अनुकूल हुनेछैन,’ उनले भने । अवामी लिगलाई पार्टीको रूपमा पुनर्गठन गर्न चाहेमा कुनै समस्या नभएको उल्लेख गर्दै चेतावनी दिए।
सल्लाहकारले देशमा अवामी लिगको महत्त्वपूर्ण योगदानलाई स्वीकार गरेर यसलाई पुनर्गठन गर्न स्वतन्त्र रहेको बताए तर यदि यसले प्रति क्रान्तिको सपना देख्यो भने यसले ठूलो मात्रामा रक्तपात निम्त्याउने उनको चेतावनी थियो ।
‘हामी भाग्न सक्छौं, तर यो पुस्ता वा विद्यार्थी जनसंख्या भाग्नेछैन,’ उनले भने । सखावतले आन्दोलनका क्रममा भएका मानवीय क्षति र घाइतेको भर्त्सना गर्दै घटनाको छानबिन गर्न अन्तर्राष्ट्रिय सहयोग लिइने उल्लेख गरे ।
साथै उनले लुटेका हतियार सोमबारसम्म प्रहरीलाई फिर्ता गरिसक्ने बताए । उनले अगस्त १९ पछि यस्ता हतियार फेला परेमा कडा कारबाही गरिने चेतावनी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया