विश्व

बंगलादेशका महान्याधिवक्ता कार्यालयका ७० कानुन अधिकतले दिए राजीनामा

इकागज |
साउन २८, २०८१ सोमबार १४:१५ बजे

ढाका- बंगलादेशका महान्यायाधिवक्ताको कार्यालयका ७० जना कानुनी अधिकृतले राजीनामा दिएका छन् ।

कार्यालयले सोमबार बिहान सो जानकारी दिएको हो ।


त्यहाँ नियुक्त भएका २१५ नायव र सहायक महान्यायाधिवक्तामध्ये ७० जनाले राजीनामा दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

बुधबार अतिरिक्त महान्यायाधिवक्ता शेख मोहम्मद मोर्शेद र पछि महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा दिएका थिए । 

बिहीबार थप दुई अतिरिक्त महान्यायाधिवक्ता एसएम मुनीर र ब्यारिस्टर मोहम्मद मेहेदी हसन चौधरीले राजीनामा दिएको जनाइएको छ ।
 


Author

थप समाचार
x