विश्व

बंगलादेशका हिन्दुको माग: ‘अल्पसंख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’

इकागज |
साउन २८, २०८१ सोमबार १७:५ बजे

ढाका - बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्। 

उनीहरुले अल्पसंख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशको संसदमा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन् ।​​


आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन् । यसका साथै भत्किएका मन्दिरहरू पुनःनिर्माण गर्न पनि माग गरिएको छ ।​

‘हामी यही देशमा जन्मेको हौं, यो हाम्रा पुर्खाहरूको भूमि हो। यो देश पनि हामीहरूको हो । यहाँ मारिए पनि हामीले आफ्नो जन्मभूमि बंगलादेश छोड्ने छैनौं । बरु, हाम्रो अधिकारका लागि सडकमा उत्रिनेछौं’ एक प्रदर्शनकारीले भने ।  


Author

थप समाचार
x