विश्व

ग्रीसको एथेन्स नजिकको डढेलो अझै नियन्त्रण बाहिर, एकको जलेर मृत्यु

इकागज |
साउन २९, २०८१ मंगलबार ९:४७ बजे

काठमाडौँ - ग्रीसको एथेन्स सहरमा फैलिएको डढेलोमा परी एक जनाको मृत्यु भएको छ ।

उत्तरी एथेन्सको भ्रिलिसिया सहरको एउटा पसलमा भेटिएको शव महिलाको भएको विश्वास गरिएको अग्नि सेवाका स्रोतले बीबीसीलाई बताएका छन्।


अग्निनियन्त्रकहरूले घर, व्यवसाय र विद्यालयहरू खतरामा परेको चेतावनी दिए पछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । मंगलबारसम्म पनि आगलागी जारी रहन सक्ने पूर्व सूचना जारी गरिएको छ ।

फायर सर्भिसका प्रवक्ता कर्नल भासिलियोस वाथ्राकोगियानिसले भने, ‘एथेन्सका केही भागहरू समेटिएको उत्तर पूर्वी एटिका क्षेत्रमा अझै पनि धेरै सक्रिय  आगोहरू छन्, प्रायः म्याराथन र पेन्टेली शहरहरू वरपर।’

एक विज्ञप्तिमा कर्नल वाथ्राकोगियानिसले भने, ‘नयाँ आगलागीका लागि अवस्था मंगलबार मात्र होइन, अर्को हप्ताको लागि पनि खतरनाक रहेको छ।’ सुरक्षित रहन ग्रीसको सरकारले स्थानीयसँग अनुरोध गरेको छ ।


Author

थप समाचार
x