विश्व

बंगलादेशका राहात मन्त्रालयका पूर्वसचिव पक्राउ

इकागज |
भदौ २, २०८१ आइतबार ११:४६ बजे

ढाका - महानगरीय प्रहरीले विपद् व्यवस्थापन तथा राहत मन्त्रालयका पूर्व वरिष्ठ सचिव शाह कमललाई पक्राउ गरेको छ ।

डिएमपीको जासुसी शाखाको अपरेसनमा शनिबार राति उनलाई महाकाली क्षेत्रबाट पक्राउ गरिएको हो ।


ढाका महानगरीय प्रहरी (डीएमपी) को जनसम्पर्क तथा मिडिया विंगका अतिरिक्त उपायुक्त एम ओबैदुर रहमानले पुष्टि गरेका छन् ।

यसअघि शुक्रबार डिएमपीले छापा मारेर मोहम्मदपुरको बाबर रोडमा रहेको शाह कमलको घरबाट स्वदेशी तथा विदेशी मुद्रासहित करिब ३ करोड ११ लाख रुपैयाँ नगद बरामद गरेको थियो ।​

पूर्वसचिव शाह कमलको घरबाट ३सी बरामद भएको छ । 

बरामद भएको ३ करोड ११ लाख रूपैयाँमध्ये ३ करोड १ लाख नगद, ७४ हजार ४ सय रुपैयाँ इनामपत्र र १० करोड ३ लाख विभिन्न विदेशी मुद्रामा रहेको छ ।

पूर्वसचिव शाह कमलले अवैध रुपमा कमाएको पैसा घरमै राखेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

शाह कमलले २०१५ देखि २०१९ सम्म सचिव र २०१९ देखि २०२० सम्म वरिष्ठ सचिवको जिम्मेवारी सम्हालेका थिए । सरकार परिवर्तनपछि उनी लुकेर बसेका थिए ।


Author

थप समाचार
x