विश्व

बंगलादेशका पूर्वप्रधानन्यायाधीश हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै अदालतमा मुद्दा दर्ता

इकागज |
भदौ २, २०८१ आइतबार १४:४६ बजे

ढाका- हालै राजीनामा दिएका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

पूर्व प्रधानन्यायाधीश तथा कानुन आयोगका हालै राजीनामा दिएका एबीएम खैरुल हकविरुद्ध ठगी, विश्वासघात र किर्ते गरेको आरोपमा उजुरी दर्ता मुद्दा भएको हो ।


एक वकिल इमरुल हसनले आइतबार ढाकाको महानगरीय मजिस्ट्रेट दिलरुबा अफ्रिन तिथीको अदालतमा सीआर मुद्दा पेस गरेका हुन । उनका अनुसार अदालतले वादीको बयान लिइसकेको छ र निर्णयको पर्खाइमा छ । वादी इमरुल हसनले सो जानकारीको पुष्टि गरेका छन् ।

अगस्ट १४ मा एबीएम खैरुल हकले सन् २०१३ देखि आफ्नो पदबाट राजीनामा दिएका थिए ।

न्यायाधीश हक २०१३ जुलाई २३ मा प्रधानन्यायाधीशको हैसियतमा कानुन आयोगको अध्यक्षमा नियुक्त भएका थिए । उनको कार्यकाल २०१६, २०१९ र २०२२ गरी तीन पटक थप गरिएको थियो ।

हक सेप्टेम्बर २७, २०१० मा बंगलादेशको १९ औं प्रधानन्यायाधीश बनेका हुन् । एजेन्सी


Author

थप समाचार
x