विश्व

सिनावात्रालाई प्रधानमन्त्रीको रुपमा राजाको औपचारिक अनुमोदन

इकागज |
भदौ २, २०८१ आइतबार १५:४२ बजे

काठमाडौँ  - थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् ।​

सिनावात्रालाई संसदले केही दिन अघि प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट प्रधानमन्त्री बनेका श्रेथा थाभिसिनलाई हटाएपछि सिनावात्रा प्रधानमन्त्री बनेकी हुन् ।


राजाको अनुमोदनसँगै अब पेन्टोगटार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्ने छिन् । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ ।

उङ इङ उपनामले प्रसिद्ध ३७ बर्षीय पेन्टोगटार्न पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनी परिवारको तेस्रो सदस्य हुन् ।


Author

थप समाचार
x