विश्व

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउँछु : ट्रम्प

इकागज |
भदौ ४, २०८१ मंगलबार १४:१२ बजे

काठमाडौँ- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लाहकार वा मन्त्री बनाउने बताएका छन् ।


ट्रम्पको भनाईपछि मस्कले एक्समा आफु सरकारको 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी' मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् ।

टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तरवार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको सो अन्तरवार्ता निकै चर्चित समेत बनेको थियो ।


Author

थप समाचार
x