विश्व

आज भारत बन्द, विहारसहितका राज्य प्रभावित

इकागज |
भदौ ५, २०८१ बुधबार १५:३ बजे

काठमाडौँ - दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आव्हान गरेका छन् । अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारत बन्दको असर देशका धेरै राज्यमा देखिएको छ । रिपोर्टका अनुसार विहारको जेहानाबादमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।


विहारको आराहमा प्रदर्शनकारीले रेलमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले दरभंगा-दिल्ली विहार सम्पर्क एक्सप्रेस रेललाई पनि दरभंगा रेल्वे स्टेसनमा रोकेका थिए।

पीटीआईका अनुसार भारत बन्दको प्रभाव झारखण्डको राँचीमा पनि देखिएको छ । यहाँ निजी बस सेवा बन्द गरिएको छ । 

यस बन्दलाई समाजवादी पार्टी (एसपी), बहुजन समाज पार्टी (बसपा) र राष्ट्रिय जनता दल (राजद) ले पनि समर्थन गरेका छन् ।


Author

थप समाचार
x