विश्व

कोलकता डाक्टर बलात्कार-हत्या प्रकरण - सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

इकागज |
भदौ ६, २०८१ बिहीबार ११:३० बजे

काठमाडौँ - कोलकताको आरजी कार मेडिकल कलेजकी छात्राको बलात्कार र हत्या प्रकरणमा सर्वोच्च अदालतले बिहीबार पनि सुनुवाइ जारी राखेको छ ।

सीबीआईले यस मुद्दासँग सम्बन्धित आफ्नो प्रतिवेदन पनि अदालतमा पेश गर्नेछ। सर्वोच्च अदालतको भदौ २० को आदेश अनुसार सीबीआईले आफ्नो प्रतिवेदन सिल बन्द खाममा प्रधानन्यायाधीश डीवाई चन्द्रचुड समक्ष पेश गर्नेछ ।


कोलकता बलात्कार-हत्या प्रकरणको आफैं संज्ञान लिँदै, सर्वोच्च अदालतले अगस्ट २२ मा सीबीआईलाई यसको अनुसन्धानको स्थिति रिपोर्ट पेश गर्न भनेको थियो।आरजी कार अस्पतालमा भएको तोडफोडको घटनाको पनि सीबीआईले अनुसन्धान गर्नुपरेको थियो । 

साथै, सर्वोच्च अदालतले पश्चिम बंगाल सरकारलाई यस मुद्दालाई राम्ररी चलाउन नसकेकोमा आलोचना गरेको थियो। देशभर चलिरहेको विरोधको बीचमा, सर्वोच्च अदालतले चिकित्सा पेशामा आबद्ध विशेष गरी महिलाहरूको सुरक्षा सुनिश्चित गर्ने बृहत्तर मुद्दा हेर्न राष्ट्रिय कार्यदल गठन गरेको छ।

कार्यदललाई तीन साताभित्र अन्तरिम प्रतिवेदन र दुई महिनाभित्र अन्तिम प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।


Author

थप समाचार
x