विश्व

पोल्याण्डमा मोदीले भने - हामी बुद्धमा विश्वास गर्छौं, युद्धमा होइन

इकागज |
भदौ ६, २०८१ बिहीबार ११:३२ बजे

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको भ्रमणअघि पोल्याण्ड पुगेका छन् । प्रधानमन्त्री मोदीले बुधबार पोल्याण्डको राजधानी वार्सामा भारतीयहरूलाई सम्बोधन गरेका थिए । 

यस सम्बोधनमा प्रधानमन्त्री मोदीले भने, 'तपाईंको स्वागतका लागि म धेरै आभारी छु। भारतीय सञ्चारमाध्यममा भनिएको छ, ४५ वर्षपछि पोल्याण्डमा प्रधानमन्त्री आएका छन् । मेरो भाग्यमा धेरै राम्रा कामहरू लेखिएका छन्।'


रुस र युक्रेनबीचको युद्धबारे प्रधानमन्त्री मोदीले भने, 'भारत बुद्धको सम्पदाको भूमि हो । हामी युद्धमा होइन शान्तिमा विश्वास गर्छौं। भारत यस क्षेत्रमा शान्तिको ठूलो पक्षपाती पनि हो।'

उनले भने, 'यो युद्धको युग होइन भन्ने भारतको धारणा स्पष्ट छ । मानवताका लागि सबैभन्दा ठूलो खतरा निम्त्याउने चुनौतीहरूलाई सम्बोधन गर्न एकजुट हुने बेला यही हो। त्यसैले भारतले कुटनीति र संवादमा जोड दिइरहेको छ ।'


Author

थप समाचार
x