विश्व

ह्यारिस अभियानद्वारा एक महिनामा ५४ करोड डलर संकलन

इकागज |
भदौ १०, २०८१ सोमबार ७:३४ बजे

फाइल फाेटाे

काठमाडौँ - कमला ह्यारिसको अमेरिकी राष्ट्रपति अभियानले आइतबार एक महिनामा आधा अर्ब डलरभन्दा बढी चन्दा संकलन गरेको बताएको छ । यो अमेरिकी इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।

राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा ह्वाइट हाउसको दौडबाट बाहिरिएर ह्यारिसलाई समर्थन गरेपछि र ह्यारिसले आफ्नो अभियान सुरु गरेपछि ५४ करोड डलरको आश्चर्यजनक राशि उनी रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पसँग निर्वाचनको दिन नोभेम्बर ५ का लागि अन्तिम १० साताको दौडमा सहभागी भएपछि संकलन भएको हो । 


ट्रम्पले अगस्टको प्रारम्भमा ३२ करोड ७० लाख डलर संकलन भएको सूचना दिएका थिए । 

“हामीले आधिकारिक रूपमा ५० करोड डलरको आँकडा पार गरेका छौँ”, बिहीबार आफ्नो पार्टीको मनोनयन स्वीकार गर्न डेमोक्रेटिक नेसनल कन्भेन्सनको मञ्चमा आउनुभन्दा ठीकअघि अभियानका अध्यक्ष जेन ओ’माली डिलनले मेमोमा भने । 

“उहाँको भाषणलगत्तै हामीले सुरुआतको दिनदेखि पैसा जुटाउने सबैभन्दा राम्रो समय देखेका छौँ”, उनले भने, “आफ्नो अभियान सुरु गरेको केवल एक महिनाभन्दा बढी समयमा टिम ह्यारिस–वाल्जले ५४ करोड जुटाउनुभएको छ, यो इतिहासमा कुनै पनि अभियानका लागि कीर्तिमान हो ।”

उक्त राशि अभियानले डेमोक्रेटिक नेसनल कमिटी र संयुक्त कोष संकलक समितिहरूमार्फत उठाइएको पैसालाई प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

ती चन्दामध्ये एक तिहाई पहिलोपटक योगदानकर्ताहरूबाट भएको ओ’माली डिलनले जानकारी दिए । ह्यारिस अभियानले ठूला र साना चन्दादाताहरूलाई समान रूपमा सक्रिय बनाएको जस्तो देखिन्छ । 
रासस


Author

थप समाचार
x