विश्व

कोलकता बलात्कार र हत्या प्रकरण - पीडितका बुबा र अस्पताल प्रशासनबीचको कुराकानीको अडियो भाइरल

इकागज |
भदौ १४, २०८१ शुक्रबार ११:५४ बजे

काठमाडौँ - कोलकाताको आरजी कार मेडिकल कलेजका अधिकारी र पीडितका परिवारका सदस्यबीच भएको फोन कलको अडियो रेकर्डिङ सार्वजनिक भएपछि बलात्कार र हत्या प्रकरणमा विवाद बढेको छ ।

उक्त रेकर्डिङ बिहीबार सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले अस्पताल प्रशासनले ‘गलत सूचना’ दिएको र मनोवृत्ति पनि ‘असंवेदनशील’ भएको आरोप लगाइएको छ । 


तीन अडियो क्लिपमध्ये पहिलो ७१ सेकेन्डको, दोस्रो ४६ सेकेन्ड र तेस्रो २८ सेकेन्डको हो । सामाजिक सञ्जालबाहेक धेरै निजी न्युज च्यानलहरूले पनि त्यसलाई चलाएका छन् । आफूलाई अस्पतालकी सहायक सुपरिटेन्डेन्ट भनिने एक महिलाले पीडितका बुबालाई यी कलहरू गरेकी थिइन् । 

 यो क्लिपको स्वतन्त्र रूपमा पुष्टि गर्न नसके पनि कोलकाता प्रहरीका केन्द्रीय डिभिजन डेपुटी कमिश्नर इन्दिरा मुखर्जीले यसबारे स्पष्टीकरण दिएको बीबीसीले जनाएको छ।

उनले भनिन्, ‘यी अडियो क्लिपहरूले सुरुदेखि नै मृत्यु आत्महत्याका कारण भएको भन्दैन भन्ने प्रमाणित गर्छ । यो क्लिपले हाम्रो पक्षले यो आत्महत्या हो भनेर कहिल्यै नभनेको पनि प्रमाणित गरेको छ।

पीडित परिवारले भदौ ९ गते बिहान अस्पतालबाट तीन पटक फोन आएपछि त्यहाँ पुगेको बताएका छन् ।


Author

थप समाचार
x