विश्व

'बङ्गलादेशले हसिनालाई भारतबाट फिर्ता गर्न आग्रह गर्न सक्छ'

इकागज |
भदौ १५, २०८१ शनिबार २२:० बजे

फाइल फाेटाे

काठमाडौँ - पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् ।

बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला आफ्नो देशले पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सक्ने बताएका हुन्। यसले भारत सरकारलाई अफ्ठ्यारोमा पार्नसक्ने उनले बताए । 


ढाकामा रोयटर्स टिभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले बताए, “उहाँको विरूद्धमा धेरै मुद्दाहरू छन् । उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ । यदि गृह मन्त्रालय र कानुन मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बङ्गलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ ।”

“भारत सरकारलाई यो थाहा छ र मलाई लाग्छ उनीहरूले यसलाई गम्भीर रूपमा लिनेछन्,” होसेनले भने । 

बङ्गलादेशमा आन्दोलनमा उच्च सहभागिता देखिएपछि र यो सिधै प्रधानमन्त्रीको कार्यालयतर्फ लक्षित भएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुगेकी थिइन्। त्यसपछि बङ्गलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेकी थिइन्। 

हसिना प्रधानमन्त्री रहेका समय विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै यसको खारेजीका लागि शुरू भएको आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो । उनीविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो।

 


Author

थप समाचार
x