विश्व

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

इकागज |
भदौ १८, २०८१ मंगलबार ८:५ बजे

काठमाडौँ- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उल्लंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो । 

अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको बीबीसीले उल्लेख गरेको छ । 


सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्नेबारेमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । 

भेनेजुएलाले भने अमेरिकाले गैकानुनी रुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ । साथै भेनेजुएला यस प्रकरणमा कानुनी कारबाही गर्न स्वतन्त्र रहेको बताएको छ ।


Author

थप समाचार
x