प्रधानमन्त्री मोदी ब्रुनाई र सिंगापुरको भ्रमणमा
फाइल फाेटाे
काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार ब्रुनाई दारुस्सलाम र सिङ्गापुरको तीन दिने आधिकारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको यो पहिलो ब्रुनाई भ्रमण हुनेछ । दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धको ४० वर्ष पूरा भएको अवसरमा निर्धारित यस भ्रमणलाई द्विपक्षीय महत्वको रुपमा लिएको स्रोतले जनाएको छ ।
भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बर ४–५ मा सिङ्गापुर भ्रमण गर्ने स्रोतले जनाएको छ ।
प्रस्थान वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोहोरो भ्रमणको उद्देश्य दुई देशसँग भारतको सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउनेमा केन्द्रित रहेको जनाए ।
यसै गरी भारत–बुर्नाइ दारुस्सलाम कूटनीतिक सम्बन्धको गौरवशाली ४० वर्ष पूरा गरेको अवसरमा महामहिम सुल्तान हाजी हसनल बोल्कियालाई भेट्न उत्सुक रहेको प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत जनांएका छन् ।
भ्रमणको दास्रो चरणमा सिङ्गाापुरमा राष्ट्रपति थर्मन सन्मुगरत्नम, प्रधानमन्त्री लरेन्स वोङ, वरिष्ठ मन्त्री ली सिएन लुङ र वरिष्ठ मन्त्री गोह चोक टोङसँग वार्ता गर्ने उनले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया