वेस्ट बैंकमा अमेरिकी नागरिकको गोली लागेर मृत्यु
सांकेतिक तस्बिर
जेरुसेलम- प्यालेस्टिनी अस्पतालका एक अधिकारीले कब्जा गरिएको वेस्ट बैंकमा शुक्रबार एक अमेरिकी नागरिकको टाउकोमा गोली लागेर मृत्यु भएको बताएका छन् ।
नाब्लुसस्थित राफिडिया अस्पतालका निर्देशक फौद नाफाले भने, 'एक जना अमेरिकी नागरिकले टाउकोमा गोली लागेपछि उपचारका लागि अस्पताल आइपुग्नुभएको थियो उहाँको स्थानीय समय अनुसार १४:३० बजेतिर मृत्यु भएको छ।'
प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाका अनुसार मारिएका अभियन्ता गाजा पट्टीमा जारी युद्धसँगै पश्चिम किनारामा बढेको इजरायली बसोवासी हिंसाबाट किसानहरूलाई जोगाउन ‘फाजा’ नामक एक अभियानमा संलग्न थिइन् ।
नाफाले एएफपीलाई बताएअनुसार मृतक महिला २० वर्षकी थिइन् ।
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अकस्मात गरेको आक्रमणपछि इजरायली सेना र स्थानीयबासीले वेस्ट बैंकमा कम्तीमा ६६१ जना प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली अधिकारीहरूका अनुसार उक्त अवधिमा प्यालेस्टिनी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा २३ जना इजरायली मारिएका छन् । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया