विश्व

सुनिता र बेरीलाई नलिई बोइङको स्टारलाइनर आइएसएसबाट किन पृथ्वीमा फर्कँदैछ ?

इकागज |
भदौ २२, २०८१ शनिबार ७:५० बजे

वासिङ्टन डिसी- बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट अलग भएको छ । उक्त यान अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिई पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । 

यानले शनिबार (स्थानीय समय) मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने लक्ष्य बनाएको छ । 


नासाका अन्तरिक्ष यात्री बेरी ‘बुच’ विल्मोर र सुनिता ‘सुनी’ विलियम्स जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आफ्नो पहिलो चालक दलको उडानका लागि जुन ६ मा अन्तरिक्ष स्टेसनमा पुगेका थिए । दुवै अन्तरिक्ष यात्री एउटै उडानबाट पृथ्वीमा फर्कने अपेक्षा गरिएको थियो । 

स्टारलाइन परिक्रमा प्रयोगशालामा पुग्दा नासा र बोइङले हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टर्समा समस्याहरू भएको पहिचान गरे । त्यसैले अन्तरिक्ष यात्रीहरूको सुरक्षाका लागि नासाले अगस्ट २४ मा स्टारलाइनर चालक दलबिना स्टेसनबाट पृथ्वीमा फर्कने घोषणा गर्‍यो । 

बुच विल्मोर र सुनिता विलियम्सले कार्गोका साथ स्टारलाइनर प्याकिङ र फिर्ताका लागि यसको क्याबिनलाई कनफिगर गर्ने काम पूरा गरे । नासाले दुवै अन्तरिक्ष यात्रलाई चालक दलबिना प्रस्थानका लागि तयार गर्न बिहीबार दिउँसो अन्तिम पटक स्टारलाइनसको ह्याच बन्द गर्‍यो । 

विल्मोर र विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमै रहनेछन् र नासाको स्पेसएक्स क्रु–९ मिसनका लागि नियुक्त अन्य दुई चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत सन् २०२५ फेब्रुअरीमा घर फर्कनेछन् । 

स्पेसएक्स र बोइङ दुवै व्यावसायिक विक्रेताहरू हुन् । यिनीहरूलाई नासाले अमेरिकी–प्रक्षेपण अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउन जिम्मेवारी दिएको छ । (एएनआई)


Author

थप समाचार
x