विश्व

जातीय झडपपछि मणिपुरमा कर्फ्यू

इकागज |
भदौ २५, २०८१ मंगलबार १६:३५ बजे

काठमाडौँ- भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्गलबार कर्फ्यू जारी गरिएको अधिकारीहरूले बताएका छन् ।  ​

मणिपुरमा हिन्दू मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपहरू भइरहेका छन् ।  केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबीच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।


प्रहरीका अनुसार विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनपछि सोमबार प्रहरीसँग झडप भएपछि मणिपुरको राजधानी इम्फाल र वरपरको उपत्यकामा कर्फ्यू लगाइएको हो । ​

इम्फालमा राज्यका राज्यपालको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मी माथि विद्यार्थीहरूले ढुङ्गा तथा प्लास्टिकका बोतलहरू  प्रहार गरेको प्रहरीले  विज्ञप्तिमार्फत जनाएको छ ।  

 प्रदर्शनकारीहरूले प्रहरीसँग हतियार खोसी गोली हानेको विज्ञप्तिमा उल्लेख छ ।  

मणिपुरको स्थानीय सरकारले अर्को आदेश नआउन्जेले पूर्ण कर्फ्यूको. घोषणा गरेको छ ।

प्रदर्शनकारीहरूले गत हप्ता “इम्प्रोभाइज्ड“ प्रक्षेप्य हतियार र ड्रोन आक्रमण गरेको आरोपमा कारबाहीको माग गरेपछि प्रहरीले मणिपुरमा हिंसाको वृद्धि भएको प्रहरीले जनाएको छ । 
 
मेइतेई र कुकी समुदायहरू बीच लामो समयदेखि चलिरहेको द्धन्द्ध भूमि तथा सार्वजनिक रोजगारीको  प्रतिस्पर्धाको विषयमा केन्द्रित छ । 

यसै बीच अधिकारकर्मीले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।
 


Author

थप समाचार
x