विश्व

दिल्लीमा केजरीवालको राजीनामापछि आतिशीले गरिन सरकारको दाबी पेश

इकागज |
असोज १, २०८१ मंगलबार १८:४१ बजे

काठमाडौँ - भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् । केजरीवालले राज्यका उपराज्यपाललाई आफ्नो राजीनामा बुझाएका हुन् ।​

केजरीवालले राजीनामा दिएसँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले मुख्यमन्त्रीको दाबी समेत पेश गरेकी छन् । केजरीवाल र आतिशी दुवैले उपराज्यपाललाई सँगै भेट गरेको आम आदमी पार्टीले जानकारी दिएको छ ।


यस अघि आजै बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । 

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरि जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । 

४३ बर्षीय आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शीर्ष नेताहरु जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।


Author

थप समाचार
x