लेबनानमा पेजर र वाकीटकी विस्फोट, अहिलेसम्म २० जनाको मृत्यु
काठमाडौँ- लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ ।
१७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर विस्फोट भएका थिए । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो ।
त्यसपछि हिजबुल्लाहले प्रयोग गरिरहेका वाकीटकी उपकरणहरू पनि विस्फोट भएका थिए । यी विस्फोटहरू लेबनानको राजधानी बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानमा भएका थिए ।
हिजबुल्लाहले पनि इजरायललाई यी विष्फोटको जिम्मेवारी दिएको छ । तर, हालसम्म इजरायलले लेबनानमा भएका दुवै विस्फोटमा कुनै प्रतिक्रिया दिएको छैन ।
बिहीबार हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन् । यसपछि हिज्बुल्लाहका थप योजनाहरू अनुमान गर्न सकिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया