विश्व

मुकेश अम्बानीले खरिद गरे भारतको सबैभन्दा महँगो निजी विमान

इकागज |
असोज ५, २०८१ शनिबार १८:१० बजे

काठमाडौँ - भारतका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानी, जसको कुल सम्पत्ति १००० अर्ब डलर भन्दा बढी छ । आफ्नो निजी विमान बेडामा थप्दै बोइङ बीबीजे ७३७ म्याक्स ९ जेट खरिद गरेका छन्।

मिडियामा आएका खबरहरू अनुसार यो विमानको अनुमानित मूल्य १००० करोड रूपैयाँभन्दा बढी रहेको छ ।  जसले यसलाई भारतमा हालसम्म खरिद गरिएको सबैभन्दा महँगो निजी विमानको रूपमा चिनाएको छ। 


यो विमानको आधार मूल्य मात्र करिब ९८९ करोड रुपैयाँ  हो। तर, यसमा थपिएका कस्टम मोडिफिकेसन र केबिन सुधारले यसको मूल्यलाई उल्लेखनीय रूपमा वृद्धि गरेको छ। 

यो नयाँ विमानको खरिदसँगै रिलायन्स इन्डस्ट्रीजले कुल १० वटा निजी विमानहरूको स्वामित्वमा पुगेको छ । जसले यसलाई देशको सबैभन्दा ठूलो निजी विमान स्वामित्व हुने कम्पनीहरू मध्ये एक बनाएको छ।
 


Author

थप समाचार
x