विश्व

गाजामा चिकित्सा क्षेत्र गम्भीर अभावको अवस्थामा

इकागज |
असोज ५, २०८१ शनिबार २२:२७ बजे

फाइल फाेटाे

काठमाडौँ - गाजाको स्वास्थ्य मन्त्रालयको फिल्ड अस्पतालका निर्देशक डा.मारवान अल हम्सले चिकित्सा क्षेत्र इन्धन, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको अवस्थामा रहेको बताएका छन् । ​

गाजाको स्वास्थ्य मन्त्रालयको गोदामबाट औषधिको ६५ प्रतिशत भण्डारण, चिकित्सा आपूर्तिसहित सघन उपचार सामग्रीको ८५ प्रतिशतभन्दा बढी सकिएको र अभावले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई असर गरेको कतार समाचार एजेन्सी (क्यूएनए) सँग कुरा गर्दै अल हम्सले बताए । 
 
अस्पतालहरूमा सबै बर्न युनिटहरू इजरायली सेनाको आक्रमणमा ध्वस्त भएको उनले बताए । यसबाहेक, इजरायली आक्रमणबाट अस्पतालहरूको लक्षित विनाशको कारणले आवश्यक चिकित्सा उपकरणहरूको अभाव रहेको उनले उल्लेख गरे ।


इजरायली पक्षबाट बारम्बार जमिनी आक्रमण हुँदा सरकारी अस्पताल र स्वास्थ्य पूर्वाधारलाई जानाजानी निशाना बनाउने गरेको उनको दावी रहेको छ । 

चिकित्सा क्षेत्रमा नाकाबन्दी लगाएकाले भारी बोझको सामना गर्न तत्काल थप फिल्ड अस्पतालको स्थापनाको आवश्यकता रहेकोबारे उनले जोड दिए । 


Author

थप समाचार
x