विश्व

जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी

इकागज |
असोज ९, २०८१ बुधबार १४:४९ बजे

काठमाडौँ - जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ । 

विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ।  


केन्द्र शासित प्रदेशका ६ जिल्लाका २६ निर्वाचन क्षेत्रका २३९ उम्मेदवारको भाग्यको फैसला गर्न बुधबार जारी निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गर्नेछन् । 

यो चरणमा १३ लाख १२ हजार ७३० पुरुष, १२ लाख ६५ हजार ३१६ महिला र ५३ जना तेस्रो लिङ्गी गरी कुल २५ लाख ७८ हजार ९९ लाख मतदाताले मतदान गर्नेछन् । अन्तिम चरणको निर्वाचन अक्टोबर १ मा हुनेछ भने मतगणना अक्टोबर ८ मा हुनेछ ।

 


Author

थप समाचार
x