विश्व

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह

इकागज |
असोज ९, २०८१ बुधबार १९:५९ बजे

काठमाडौँ - इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

बेलायतका प्रधानमन्त्री केयर स्टाररले बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई लेबनान छोड्न अपिल गरेका छन् । 


साथै बेलायतको रक्षा मन्त्रालयले लेबनानबाट बेलायती नागरिकलाई बाहिर निकाल्न ७०० सैनिकको फौज पठाउने भएको छ । बेलायती सरकारले पनि नागरिकलाई लेबनान नजान सल्लाह दिएको छ । हाल करिब १० हजार बेलायती नागरिक लेबनानमा बस्दै आएका छन् ।

अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, साउदी अरेबिया, दक्षिण कोरिया र अमेरिकालगायत धेरै देशले पनि आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह गरेका छन् ।

इजरायलका अनुसार बुधबार हिजबुल्लाहले तेल अवीवतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसलाई रोक्न इजरायल सफल भएको थियो । हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ ।


Author

थप समाचार
x