विश्व

जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा

इकागज |
असोज १४, २०८१ सोमबार १८:४३ बजे

काठमाडौँ - इजरायलले आफ्ना नेता हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहका उपनेता नईम कासिमले आफ्नो समूहले ‘जतिसक्दो चाँडो’ नयाँ प्रमुख चयन गर्ने बताएका छन् । 

उनले इरान समर्थित आन्दोलनले इजरायलसँग निरन्तर लड्ने र कुनै पनि स्थलगत आक्रमणको सामना गर्न तयार रहेको पनि बताएका छन् ।


हिजबुल्लाहको अल–मनार च्यानलमा प्रसारण गरिएको भिडियो सम्बोधनमा कासिमले भने, “हामी जतिसक्दो चाँडो पार्टीको नयाँ महासचिव चयन गर्नेछौं।”

सम्बोधनमा उनले नसरल्लाहको अन्त्येष्टि कहिले गर्ने भन्नेबारे केही बताए । ​

कासिमका अनुसार दक्षिणी लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर अली काराके र समूहका अन्य दुई सदस्यसँगको भेटघाटका क्रममा नसरल्लाहको इजरायली आक्रमणबाट मृत्यु भएको थियो । 

कासिमले आफू २० जनाभन्दा बढी अन्य नेतासहित मारिएको इजरायली सेनाको दाबीको खण्डन गरेका छन् । 

कासिमले हिजबुल्लाहले गाजा र प्यालेस्टिनीको समर्थनमा लेबनान र त्यहाँका जनताको रक्षाका लागि इजरायलसँगको युद्ध जारी राख्ने बताएका छन् । 

उनले भने, “हामी जस्तोसुकै परिस्थितिको सामना गर्नेछौं र यदि इजरायलले स्थलमार्गबाट प्रवेश गर्ने निर्णय गर्‍यो भने हामी तयारी अवस्थामा छौं।”
 


Author

थप समाचार
x