विश्व

इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका

इकागज |
असोज १५, २०८१ मंगलबार २१:१४ बजे

काठमाडौँ - अमेरिकाले इरानले इजरायलविरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेको छ ।

समाचार एजेन्सी एएफपीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको हो र रोयटर्सले पनि ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको छ ।


अमेरिकी अधिकारीहरूले एएफपीलाई भनेका छन्, इरानले इजरायलमाथि आक्रमण गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ । अमेरिकी मिडिया सीबीएसका अनुसार ह्वाइट हाउसका एक अधिकारीले भने, 'इजरायलविरुद्धको कुनै पनि प्रत्यक्ष आक्रमणले इरानका लागि गम्भीर परिणाम ल्याउनेछ ।'​

अर्कोतर्फ इजरायली सेनाका प्रवक्ताले इजरायलमाथि इरानले आक्रमण गरे गम्भीर परिणाम आउने चेतावनी दिएका छन् ।

यसैबीच इजरायली रक्षा बलले ट्वीटरमा लेखेका छन्, उनीहरूले बेरुतमा आक्रमण सुरु गरेको छ ।


Author

थप समाचार
x