विश्व

इजरायलले लेबनानबाट सेना फिर्ता गर्नुपर्छ : रुस

इकागज |
असोज १६, २०८१ बुधबार ७:३ बजे

रुस- बीच रुसले इजरायललाई दक्षिणी लेबनानबाट आफ्ना सेना ‘तत्काल’ फिर्ता गर्न आग्रह गरेको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाह लडाकूहरू विरुद्ध ‘स्थल आक्रमण’ सुरु गरेको बताएपछि रुसले उक्त आग्रह गरेको हो ।

इजरायलले लेबनानमा एक साताको तीव्र हवाई आक्रमण गरेपछि स्थल आक्रमण गर्ने घोषणा गरेको थियो । हवाई आक्रमणमा सयौँ मानिस मारिएका थिए भने हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको पनि मृत्यु भएको थियो । क्रेमलिनले यी सैन्य कारबाहीहरूको पनि निन्दा गरेको छ । 


“रुस लेबनानमाथिको आक्रमणको कडा निन्दा गर्दछ । इजरायली अधिकारीहरूलाई तत्काल युद्धविराम गर्न, लेबनानी क्षेत्रबाट आफ्ना सैनिकलाई फिर्ता गर्न र मध्यपूर्वमा द्वन्द्व समाधान गर्न शान्तिपूर्ण उपायहरूको वास्तविक खोजीमा संलग्न हुन आह्वान गर्दछ”, रुसी विदेश मन्त्रालयले एक वक्तव्यमा भनेको छ, “हामी सशस्त्र आक्रमणको शिकार भएको मित्र राष्ट्र लेबनानको नेतृत्व र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछौँ ।” (एएफपी)


Author

थप समाचार
x