विश्व

इरानलाई नेतान्याहुको चेतावनी- ठूलो मूल्य चुकाउनुपर्ने छ

इकागज |
असोज १६, २०८१ बुधबार ८:९ बजे

काठमाडौँ- इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘इरानले आज राति ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।'


इजरायली मन्त्रिपरिषद् बैठकको उद्घाटन गर्दै नेतान्याहुले इरानले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेको इरानले नबुझेको बताए ।

यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुलाई चेतावनी दिएका थिए ।

पेजेस्कियानले एक्समा लेखेका छन् 'इरान र क्षेत्रको शान्ति र सुरक्षालाई 'वैध अधिकार'सहित 'निर्णायक' प्रतिक्रिया दिएको छ, जुन इरानका हित र नागरिकहरूको सुरक्षाको लागि हो ।'


Author

थप समाचार
x