विश्व

हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु

इकागज |
असोज १६, २०८१ बुधबार २१:५० बजे

काठमाडौँ - लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ । 


इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ ।

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन एथान यित्जाकको रूपमा खुलासा गरिएको थियो । कप्तान एथान २२ वर्षका थिए । क्याप्टेन एथान लेबनानमा भूमिगत कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए । कप्तान एथान इगोज युनिटको टोली कमाण्डर थियो, जुन एक एलिट कमाण्डो समूह हो ।
 


Author

थप समाचार
x