विश्व

बंगलादेशले भारतसहित पाँच देशका राजदूत फिर्ता बोलायो

इकागज |
असोज १८, २०८१ शुक्रबार ६:३६ बजे

काठमाडौँ- बंगलादेशको अन्तरिम सरकारले भारतका लागि राजदूतसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरुलाई तुरुन्त ढाका फर्किन भनिएको छ ।

भारतबाहेक अष्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो ।


पछिल्लो समय बंगलादेशमा ठूलो राजनीतिक परिवर्तन भएको छ । केही हप्ताको आन्दोलनपछि यहाँ नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । 

आन्दोलनबीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएर देश छाड्नुपरेको थियो । उनी अहिले पनि भारतमा रहेको बताइएको छ । 

यसअघि बंगलादेशले बेलायतका आफ्नो राजदूत सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो ।


Author

थप समाचार
x