विश्व

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

इकागज |
असोज १९, २०८१ शनिबार १४:५८ बजे

वासिङ्टन– राष्ट्रपति जो बाइडेनले शुक्रबार नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन् । 

सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यो टिप्पणी गरेका हुन् । 


ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उनका समर्थकहरूले राजधानीमा तोडफोड गरेका थिए । 

'म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन', बाइडेनले चुनावको बारेमा छलफल गर्दा सञ्चारकर्मीलाई बताए ।  

'ट्रम्पले अन्तिम पटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरु निकै खतरनाक थिए ।' 

रिपब्लिकनको पराजयपछि उनका सयौँ समर्थकहरूले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग लगाइएको थियो । (एएफपी) 


Author

थप समाचार
x