विश्व

ईयूले संघबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको नियमविरुद्ध डब्ल्यूटीओमा उजुरी दिने

इकागज |
असोज २३, २०८१ बुधबार ८:१५ बजे

ब्रसेल्स, बेल्जियम- युरोपेली संघ (ईयू) ले मङ्गलबार संघबाट आयात हुने ’ब्रान्डी’मा ’एन्टि–डम्पिङ’ उपाय लगाउने चीनको कदमविरूद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा चुनौती दिने बताएको छ । 

युरोपेली आयोगले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा भारी अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्सविरूद्ध 'जस्तालाई त्यस्तै' व्यवहारको उपाय जस्तो देखिएको छ । 


'ईयूबाट आयात हुने ब्रान्डीमा चीनले लगाएको अस्थायी एन्टिडम्पिङ उपाय विरुद्ध युरोपेली आयोगले विश्व व्यापार सङ्गठनमा उजुरी दिनेछ', आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले एक विज्ञप्तिमा भने । 
 
'यी उपायहरू निराधार रहेको हामी विश्वस्त छौँ  र हामी व्यापार रक्षा उपकरणको दुरुपयोग विरुद्ध ईयूको रक्षा गर्न कटिबद्ध छौं', गिलले बताए । (एएफपी)


Author

थप समाचार
x