विश्व

मस्कलाई राहत: ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश

इकागज |
असोज २३, २०८१ बुधबार २०:४८ बजे

काठमाडौँ - ब्राजिलको सर्वोच्च अदालतले एलोन मस्कलाई ठूलो राहत दिएको छ । न्यायमूर्ति अलेक्जेन्डर डे मोरेसले मंगलबार ब्राजिलमा सोसल मिडिया प्लेटफर्म एक्सका सेवाहरू पुनर्स्थापित गर्न अनुमति दिएका हुन् । ब्राजिलमा एक महिनाभन्दा बढी समयदेखि एक्सका सेवाहरू बन्द थिए ।

मस्कको स्वामित्वमा रहेको एक्स ३० अगस्टमा २१ करोड ३० लाख जनसंख्या भएको देश ब्राजिलमा बन्द भएको थियो ।


न्यायमूर्ति मोरेसले अभिव्यक्ति स्वतन्त्रता, अति दक्षिणपन्थी खाताहरू र गलत सूचनाका विषयमा मस्कसँग एक महिना लामो बहसपछि देशमा एक्स बन्द गर्ने आदेश दिएका थिए। त्यसपछि, मस्कले न्यायमूर्ति मोरेसको आलोचना गर्दै उनलाई अधिनायकवादी भनेका थिए । 

मस्कको सार्वजनिक दावीहरूको बावजुद, एक्सले अन्ततः डे मोरेसका सबै मागहरू पूरा गरेको थियो । यसमा प्लेटफर्मबाट केहि खाताहरू ब्लक गर्ने, बाँकी तिर्नुपर्ने जरिवाना तिर्ने र कानूनी प्रतिनिधिको नामकरण समावेश थियो ।


Author

थप समाचार
x