विश्व

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

इकागज |
असोज २४, २०८१ बिहीबार १०:५५ बजे

किभ- युरोपेली सङ्घ (इयू) ले  युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५ अर्ब यूरोे नयाँ ऋण प्राप्त गर्ने तयारी गरेको युक्रेनफर्म समाचार एजेन्सीले  इयूका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । 

युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष मारोस सेफकोभिकले ईयू सदस्य राष्ट्र र युरोपेली संसदले ऋणका लागि आवश्यक विधायी प्रक्रियाहरूलाई चाँडै अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।


“ईयू युक्रेन र यसका जनताका लागि आवश्यक हुँदासम्म आफ्नो समर्थनमा अडिग रहने सेफकोभिकले बताउनुभएको छ ।  

गत महिना युरोपेली सङ्घले घोषणा गरेको ऋणको उद्देश्य युक्रेनलाई रूससँग चलिरहेको द्वन्द्वको बीचमा तत्काल आर्थिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नु रहेको जनाइएको छ । 

यो गत जूनमा जी–७  देशहरूले गरेको ५० अर्ब डलरको प्रतिबद्धताको हिस्सा हो र यसलाई फ्रिज गरिएको रूसी सम्पत्तिबाट ब्याज प्रयोग गरेर वित्त पोषण गरिनेछ । (सिन्ह्वा)


Author

थप समाचार
x