पाकिस्तानमा जनजातिहरूबीचको झडपमा ११ जनाको मृत्यु
खैबर पख्तुनख्वा, पाकिस्तान- पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।
गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सात जनाको मृत्यु भएको थियो ।
हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको घटनाको लागि दुई पक्षहरू बीच युद्धविरामको लागि मध्यस्थता गर्न काम गरिरहेका छन् ।
खैबर–पख्तुनख्वाको कुर्रम क्षेत्रमा सुरक्षा बलले सात आतङ्ककारीहरूलाई गोली हानेर मारेका थिए । मारिएका आतङ्ककारीहरू सुरक्षाकर्मी र निर्दोष नागरिकहरूमाथि आक्रमणमा सक्रिय रूपमा संलग्न थिए । (एएनआई)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया