चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते
सांकेतिक तस्बिर
जिनान- पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा आइतबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
ग्यास दिउँसो १:३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।
घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया