विश्व

जापानमा निर्वाचन अभियान सुरु

इकागज |
असोज २९, २०८१ मंगलबार १७:२६ बजे

काठमाडौँ - जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मङ्गलबार देखि  निर्वाचन अभियान सुरु भएको छ ।

निर्वाचनमा सत्तारुढ गठबन्धन लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र यसका साझेदारहरुले बहुमत कायम राख्न सक्ने अपेक्षा गरिएको छ भने विपक्षी दलहरूले सत्तारूढ समूहको पकडलाई कमजोर पार्ने कुरामा चुनावको ध्यानाकर्षण रहेको छ ।  


संसदको शक्तिशाली सदन हाउस अफ रिप्रेजेन्टेटिभमा ४६५ सिटका लागि एक हजार ३३८ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेको जापानी सरकारी सञ्चार माध्यम  एन. एच. के. ले जनाएको छ ।
  

जापानको प्रतिनिधि सभा मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छ जसले एकल–सदस्य जिल्लाहरू र समाननुपातिक प्रतिनिधित्व दुवैलाई मिलाउँछ ।

निर्वाचनमा मतदाताहरूले दुईवटा मतपत्रमा भोट हाल्छन ती मध्ये एउटा एकल–सदस्य जिल्लामा उम्मेद्वारका लागि र एउटा समानुपातिक प्रतिनिधित्वमा रहेको पार्टीका लागि हुन्छ  ।

निर्वाचनले एलडिपीको कोष घोटालालाई पछ्याइ राजनीतिक सुधार, मुद्रास्फीति र आर्थिक उपायहरूको प्रतिक्रिया जस्ता प्रमुख मुद्दाहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

लामो समय जापानमा शासन गर्ने एलडिपीले यसअघि ४६५ सदस्यीय तल्लो सदनमा २५८  सिट ओगटेको थियो भने ३२  सिटसहितको कोमेइटोसँग गठबन्धनमा शासन गरेको थियो ।

मुख्य विपक्षी दल पूर्व प्रधानमन्त्री योशिहिको नोडाको नेतृत्वमा रहेको जापानको संवैधानिक लोकतान्त्रिक पार्टीले भने  ९९ वटा सिट जितेको थियो ।


Author

थप समाचार
x