Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

विश्व

इजरायलको आक्रमणपछि लेबनानमा ४ लाख बालबालिकासहित १२ लाख घरविहीन

इकागज |
कात्तिक १, २०८१ बिहीबार १०:३५ बजे

काठमाडौँ- इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमण शुरु गरेपछि ४ लाख बालबालिकासहित १२ लाख मानिसले आफ्नो घर छोडेका छन् ।

युनिसेफले बुधबार सार्वजनिक गरेको रिपोर्टका अनुसार अहिले एक लाख ९० हजार जनाले पब्लिक स्कुल, सडक किनार र अन्य स्थानमा सेल्टर लिइरहेका छन् ।


युनिसेफले अघिल्लो साता मात्र लेबनानमा सय जना बालबालिकाले ज्यान गुमाएको र आठ सय भन्दा बढी घाइते भएको बताएको छ । अब जाडो मौसम आउन थालेकाले लेबनानमा बालबालिकाको अवस्था थप कठिन हुने युनिसेफले चेतावनी दिएको छ ।

यसअघि सन्‌ २०२२ मा सिरियामा जाडोले कयौं बालबालिकाको मृत्यु भएको युनिसेफले स्मरण गराएको छ ।
 


Author

थप समाचार
x